पहिरोका कारण ३ दिनदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड आइतबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ ।
५ नम्बर ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार सडकमा खसेको ठूलो ढुंगाका कारण सडक खुल्न कठिनाइ भएको थियो ।
सडकको ठूलो ढुंगालाई फोडेपछि दिउँसो ३ बजेपछि एकतर्फी गाडी चल्न थालेको प्रहरी कार्यालयले जनाएको छ ।
सो सडक खण्डको करीब १ दर्जनभन्दा बढी स्थानमा खसेको पहिरो पनि हटेको छ, तर अधिकांश स्थानमा एकतर्फी मात्रै गाडी चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
यो सडक खण्ड शुक्रबार बेलुकादेखि बन्द भएको थियो । सडक अवरुद्ध हुँदा ५ सयभन्दा बढी गाडी बाटोमै रोकिएका थिए ।