३० जेठ २०८३, शनिबार

ममता बनर्जीलाई कोभिड सारिदिने भाजपा नेताको भनाइ, उजुरी दर्ता

असोज १२, २०७७
ममता बनर्जीलाई कोभिड सारिदिने भाजपा नेताको भनाइ, उजुरी दर्ता

आफूलाई कोरोना लागेमा भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीलाई अँगालो हालेर सारिदिने भनी भारतीय जनता पार्टीका राष्ट्रिय सचिव अनुपम हाजराले विवादास्पद बयान दिएका छन् ।

कोभिड–१९ का रोगीको परिवारको पीडा बुझाउनका लागि यस्तो गर्न खोजेको उनले बताए । 

उनको यस टिप्पणीका विरुद्ध तृणमूल कांग्रेस सिलिगुडीले प्रहरीमा एक उजुरी दर्ता गरेको छ । 

आइतवार बेलुका बरुइपुरमा आयोजित भाजपाको एक कार्यक्रममा उनले विवादास्पद बयान दिएका हुन् । 

‘हाम्रा कार्यकर्ताहरू कोरोनाभन्दा ठूला शत्रुविरुद्ध लडिरहेका छन् । ममता बनर्जीविरुद्ध उनीहरू लडिरहेका छन् । भाजपा क्याडरहरू ममता बनर्जीविरुद्ध मास्क नलगाइकन लड्न सफल भएका छन् भने कोरोनाविरुद्ध पनि मास्क नलगाइकन लड्न सफल हुनेछन्,’ उनले भने । 

‘मलाई कोरोनाभाइरस लाग्यो भने ममता बनर्जीलाई गएर अँगालो हाल्ने निर्णय लिएको छु,’ उनले भने । 
 

हाजरा पहिले तृणमूल कांग्रेसका विधायक थिए र पोहोर साल उनले भाजपामा प्रवेश गरेका हुन् । कोभिड–१९ बाट मरेकाहरूलाई राज्यले गरेको दाहसंस्कार दयनीय भएको उनले बताए । 

उनले रोगीहरूलाई दयामाया देखाइनन् । उनीहरूको शरीर मट्टीतेल लगाएर डढाइयो । छोराहरूलाई कोडिका कारण मरेका आमाबुवाको अनुहार हेर्न समेत दिइएन । हामी मरेका कुकुर बिरालालाई पनि त्यस्तो व्यवहार गर्दैनौं,’ उनले भने । 
 

तृणमूल कांग्रेसका वरिष्ठ नेता सौगातो रोयले हाजराको टिप्पणीको भर्त्सना गरे र यसले भाजपाको सोचलाई प्रतिबिम्बित गर्ने बताए । 

दलको सिलिगुडी इकाइले हाजराविरुद्ध जुलूस निकाल्यो र उनीविरुद्ध प्रहरीमा उजुरी समेत दियो ।

ममता बनर्जीले नरेन्द्र मोदीलाई अपमानजनक शब्द प्रयोग गर्ने गरेको भन्दै हाजराले आफ्नो बचाउको प्रयास गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्