
अमेरिकी राष्ट्रपति बाराक ओवामाले एक अन्तवार्तामा एक खुलासा गरेका छन् । उनले आफूलाई वर्फको पुत्लासँग डरालाग्ने बताएका हुन् ।
ओबामाले पीपुल म्यागजीनलाई दिएको एक अन्तवार्तामा भने, ‘स्नोमेनलाई म अपनाउन सक्दिन, किनी उ सानो तर खतरनाक हुन्छ ।’
एक पटक मिशेल ओबामले मजाकमा बेडरुपमा स्नोमेन राख्ने बताएपछि ओबामाले आफू कोठाबाट बाहिरने बताएका थिए ।
तर, ह्वाइट हाउका कर्मचारी पनि किन रोकिन्थेर । उनीहरुले ओबामालाई डराउनका लागि ह्वाइट हाउमा स्नोमेन राख्ने फैसला गरे ।
ह्वाइट हाउनका फोटोग्राफर पीट सेजले इन्टाग्राम पेजमा यो तस्वीर राखेका थिए । ओबामाको अफिसको बाहिर चारवटा स्नोमेन राखिएको छ ।

एक दिन एक कर्मचारीले ओबामाको झ्यालको सामुन्ने ती स्नोमेनहरुलाई राखे, जसले सधै ओबामालाई हेरेको जस्तो देखिन्छ ।
धेरैले यसलाई डरलाग्दो भनेका छन् । ओबामाले भने यो मजाक आफूलाई पनि मजाक लागेको बताएका छन् ।