०५ असार २०८३, शुक्रबार

बुटवलमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

असोज १४, २०७७
बुटवलमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधवार कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । 

जिल्लाको देवदह नगरपालिका–११ का ५५ वर्षीय पुरुषको बिहान १० बजे मृत्यु भएको हो ।

उनलाई असोज ११ गते अस्पतालमा भर्ना गरिएको कोभिड अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।  

मृतक पुरुषको मिर्गाैला र रगतमा खराबी रहेको थियो । थापाले भने, ‘उहाँ पहिलेदेखि नै दीर्घरोगी हुनुहुँदो रहेछ । उहाँलाई अस्पतालको आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । बुधवार बिहान निधन भयो ।’

बुटवलमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २० जना पुगेको छ । अहिले अस्पतालको आईसीयूमा १६ र भेन्टिलेटरमा १ बिरामीको उपचार भइरहेको थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्