भारतमा ११ वर्षीय बालकले बैंकबाट चोरे २० लाख भारु

भारतको जिन्दमा ११ वर्षीय बालकमाथि पञ्जाब नेसनल बैंकको एक शाखाबाट २० लाख भारु चोरेको आरोप लागेको छ । 

चोरीको बारेमा सोमवार बेलुका जानकारी प्राप्त भएको थियो । दिन सकिएपछि नगद गनेर रुजु गर्दा २० लाख भारुको हिसाब आएन । 


Advertisement

अनि उनीहरूले अबेर राति प्रहरीलाई खबर गरे । 

प्रहरीले सीसीटीभी फूटेज हेर्दा प्रहरीले उक्त नगद एक बालकले चोरेको पाए । पहिचान नखुलाइएका उक्त बालकले व्यावसायिक चोरकै तरिका अपनाएर नगद चोरेको देखिन्छ । 
 


Advertisement

क्याशियर क्याबिनबाट निस्केर शौचालय जाँदा ती बालक सुटुक्क क्याबिनमा पसे र झोलामा क्याश राखेर चम्पत भए ।

सिभिल लाइन्सका एसएचओ हरि ओमले क्याशियरको लापरवाहीका कारण पैसा चोरी भएको बताए । मंगलवार बिहान उनले घटनास्थलको निरीक्षण गरेका थिए । 

बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्