
संयुक्त राज्य अमेरिकाको एउटा विशेष प्रतिवेदनमा कोरोना भाइरसको महामारीको बेलामा पनि उत्तर कोरिया ब्यालेस्टिक मिसाइल कार्यक्रममा व्यस्त रहेको छ ।
प्रतिवेदनअनुसार उत्तर कोरियाले परमाणु हतियार पनि तयार गारिरहेको छ । २०२० को शुरुवातदेखि नै उत्तर कोरिया हतियारको दौडमा अघि निस्कने गरी काम थालेको दाबी गरिएको छ ।
डेली मेलमा छापिएको एक समाचार अनुसार उत्तर कोरियामाथि लगाइएको सबै प्रकारको प्रतिबन्धले उसलाई हतियारको विकास गर्न वाधा पुगेको छैन । सर्वोच्च नेता किम जोङ उन लगातार आफ्नो मिसन पूरा गरिरहेका छन् ।
अमेरिकाको सेक्युरिटी काउन्सिलमा मनोनित गरिएका विज्ञहरूले उत्तर कोरियाले प्रतिबन्धका बावजुद पनि हतियारका सामानहरू खरिद बिक्री गरिरहेको बताएका छन् ।
द टाइम्समा प्रकाशित अर्को समाचारअनुसार उत्तर कोरियाले सानो आकारको परमाणु बम बनाइरहेको छ । साना बमहरूलाई सजिलै ब्यालेस्टिक मिसाइलमा राखेर प्रहार गर्न सकिन्छ । उत्तर कोरियाले विकास गरेको मिसाइलले अमेरिकासम्म मार हान्न सकिन्छ ।
उत्तर कोरियाले सन् २००६ देखि नै प्रतिबन्धको सामना गरिरहेको छ । परमाणु हतियार र ब्यालेस्टिक मिसाइल कार्यक्रम शुरू गरेको आरोपमा उत्तर कोरियामाथि प्रतिबन्ध लगाइएको हो । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम अहिलेसम्म ३ पटक छलफलमा जुटिसकेका छन् । तर सहमतिको कुनै बिन्दु फेला परेको छैन ।