
काठमाडौं, २४ वैशाख–विजय कुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम तय गरेको छ ।
फोरमबाट गच्छदार उपप्रधानसहित स्थानीय विकास मन्त्री हुनेछन् भने जितेन्द्र देव र गोपाल दहित मन्त्री बन्नेछन् । देवले पर्यटन र दहितले भूमिसुधार मन्त्रालय पाउने भएका छन् । दहितले केही दिन अघि मात्र फोरम लोकतान्त्रिकसँग पार्टी एकता गरेका थिए ।
सर्वोच्च अदालतकी प्रमुख न्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग लागेपछि राप्रपा सरकारबाट बाहिरिएको थियो ।