२२ असार २०८३, सोमबार

कैलालीका समाजसेवी २० वर्षीय केपी खनाल गान्धी जयन्तीमा सम्मानित हुँदै

कैलालीका समाजसेवी २० वर्षीय केपी खनाल गान्धी जयन्तीमा सम्मानित हुँदै

कलिलो उमेरमै गाउँघरमा समाजसेवामा सक्रिय कैलालीका केपी खनाललाई भारतको नयाँदिल्लीस्थित राइजिङ्ग टुंकल फाउन्डेसनले गान्धी जयन्तीको अवसरमा सम्मानित गर्ने भएको छ ।

शुक्रवार आयोजित गान्धी जयन्तीको कार्यक्रममा २० वर्षीय खनाल सम्मानित हुन लागेका हुन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाका स्थायी वासिन्दा खनाल समाजसेवाका लागि आपतविपतमा परेका विभिन्न क्षेत्रमा पुग्छन् । निरन्तरको समाजसेवाले उनले समाजमा स्थापित छवि बनाएका छन् ।

आर्थिक अवस्था कमजोर भएर पनि बलियो इच्छाशक्तिका कारण खनालले विभिन्न दाताबाट सहयोग जुटाएर गरीब परिवारलाई सहयोग गर्दै आएका छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका बेला दैनिक ज्यालादारी र मजदुरी गुमाएर भोकै बस्नुपर्ने अवस्थामा रहेका गरीब परिवारलाई खनालको पहलमा सहयोग गरिएको थियो ।

खनालको नेतृत्वमा ‘क्लिन काष्ठमण्डप’, ‘हेल्प फर निडी अभियान’ लगायत सञ्चालन भएका छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मानित हुँदा आफूलाई थप हौसला मिल्ने खनालले बताए । दिल्लीबाट आएको निम्तो मान्न जानका लागि पैसा नभएपछि खनालले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वडसँग आर्थिक सहयोग लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्