२९ असार २०८३, सोमबार

रुसको सैन्यक्षमता शीतयुद्धपछिकै सबभन्दा शक्तिशाली

भदौ १६, २०७७
रुसको सैन्यक्षमता शीतयुद्धपछिकै सबभन्दा शक्तिशाली

शीतयुद्ध समाप्त भएपछि अहिले आएर रुसको सैन्यक्षमतामा वृद्धि भएर अत्यन्त शक्तिशाली बनेको एक बेलायती थिंकट्यांकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विशेषगरी उसको आणविक हतियार र वायुसेनाले शक्ति आर्जन गरिरहेको बताइएको छ । 

एक दशकसम्म सैन्यशक्ति अभिवृद्धि गरेको रुसको सेना युद्धका लागि तयारी अवस्थामा रहेको भनी लेखिएको छ । उसका लडाकू विमानहरू सबै चुस्तदुरुस्त छन् र सेनाले उच्चतम प्रविधि उपयोग गर्ने गरेको छ । सैनिकहरू सबै व्यावसायिक छन् । 

मस्कोसँग संसारकै सबभन्दा धेरै आणविक वारहेडको संकलन छ । ऊ अब ध्वनिको गतिभन्दा निकै तीव्र गति भएको हाइपरसोनिक क्षेप्यास्त्र बनाउन लाग्दैछ । उसले आणविक पनडुब्बीहरू पनि अत्याधुनिक बनाउँदैछ । 

इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रोटेजिक स्टडीजको प्रतिवेदनमा उल्लेख भएअनुसार, सोभियत संघको पतन भएदेखि पहिलोपटक रुसको सैन्य क्षमता बढेको हो र यसले गर्दा भ्लादिमिर पुटिनले युक्रेन, सिरिया तथा अन्यत्र प्रभाव विस्तार गर्न सफल भएका छन् । 

रुस र पश्चिमको सम्बन्धमा दरार आइरहेको अवस्थामा उक्त संस्थाको स्ट्राटेजिक डोसियरले रुसको सैन्य क्षमता वृद्धि भएकाले मस्को हतियार प्रयोग इच्छुक देखिएको भनी चेतावनी दिएको छ । 

रुसका परम्परागत सैनिकहरूलाई सोभियत संघको पतन भएपछि एकदमै कम रकम उपलब्ध गराइएको थियो । क्षेप्यास्त्रमा मात्र ध्यान दिइएको थियो । 

रुसले सन् १९९० को दशकमा चेचेन्यामा र सन् २००८ मा जर्जियामा रक्तरञ्जित युद्ध लडेको थियो अनि त्यसमा उसका हतियार र सैन्य प्रशिक्षणका कमजोरीहरू उजागर भएका थिए । 

त्यसपछि सन् २०१० मा स्टेट आर्मामेन्ट प्रोग्रामलाई स्वीकृति दिइयो । त्यसपछि रुसको जलसेनालाई अत्याधुनिक लडाकू विमान र जमीनमा मार हान्ने क्रुज क्षेप्यास्त्रहरू किन्नका लागि बजेट उपलब्ध गराइएको थियो । 

सोभियत कालका सेनाभन्दा अहिलेका फौजहरू थोरै छन् तर अत्याधुनिक हतियारले सुसज्जित छन् । 

salt training

कमेन्ट गर्नुहोस्