०४ साउन २०८३, सोमबार

राजधानी सार्ने निर्णयविरुद्ध रुपन्देही बन्द

असोज १८, २०७७
राजधानी सार्ने निर्णयविरुद्ध रुपन्देही बन्द

बुटवलबाट प्रदेश पाँचको राजधानी दाङ सार्ने प्रदेश सरकारको निर्णयको विरुद्धमा नेपाली कांग्रेस रुपन्देहीले आह्वान गरेको रुपन्देही बन्दको प्रभाव बिहानैदेखि परेको छ ।

बन्दका कारण रुपन्देहीमा सार्वजनिक सवारी साधन चलेका छैनन् ।  

कांग्रेस, रुपन्देहीका संघसंस्थाहरुले अहिले बुटवलको राजमार्ग चौराहाबाट विरोध प्रदर्शन गर्ने बताएका छन् ।

बुटवलमा आन्दोलन चर्किपछि रुपन्देही प्रशासनले बुटवलका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ ।

नेपाल विद्यार्थी संघका उपसभापति मुक्ति पौडेलले जस्तोसुकै परिस्थित आए पनि बुटवलबाट राजधानी सार्ने निर्णयका विरुद्ध कांग्रेस सडकमा होमिएको बताए ।

प्रदर्शन हुुने देखेपछि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठाउँ ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्