
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार भेटवार्ता भएको छ ।
आइतवार अपराह्नका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएपछि ओली–प्रचण्ड भेटवार्ता भएको हो ।
ओलीलाई भेट्न प्रचण्ड दिउँसो साढे २ बजे बालुवाटार पुगेका थिए ।
अध्यक्षद्वयबीच पछिल्ला राजनीतिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन लगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीका सल्लाहकारसहित निवासका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि आइतवारका लागि तय भएको सचिवालय बैठक स्थगित गरिएको थियो ।