
प्रदेश ५ को राजधानी दाङ तोक्ने प्रस्तावमाथि छलफलका क्रममा तनाव भएपछि सभामुख पूर्णबहादुर घर्तीलाई मर्यादापालकले सुरक्षा घेरामा राखेर बैठक सञ्चालन भएको छ ।
सहमतिबेगर सरकारले संसद्मा जबरजस्ती राजधानी सार्ने प्रस्ताव ल्याएको भन्दै कांग्रेस सांसदले संसदको कुर्सी र माइक भाँचेका थिए ।
सांसदहरूले कुर्सी र माइक भाँच्न थालेपछि सभामुख घर्तीलाई मर्यादापालकले सुरक्षा दिएका थिए । मर्यादापालकले सोफा र कुर्सीका चकटी समातेर सुरक्षा दिएका थिए ।
कांग्रेसको नाराबाजीका बावजुद प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले राजधानी दाङ लैजाने प्रस्तावमाथि छलफल गर्न प्रस्ताव पेश गरेका थिए ।
कांग्रेसको नाराबाजीका बीच प्रदेश सभामा छलफल चलिरहेको छ ।