१४ असार २०८३, आइतबार

सस्तोमा डलर साट्ने नाममा लुट्ने गिरोह पक्राउ

सस्तोमा डलर साट्ने नाममा लुट्ने गिरोह पक्राउ

सस्तो मूल्यमा अमेरिकी डलर सटही गरिदिन्छु भनेर ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३८ वर्षीय श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्दिबहादुर तामाङ उर्फ चैते र ६० वर्षीय गोविन्द तामाङ रहेका छन् । 
काभ्रेका प्रहरी प्रवक्ता डिएसपी कुमार  विक्रम थापाका  अनुसार उनीहरुको गिराेहले नुवाकोटको पेन्जोम शेर्पालाई २० असारमा १७ हजार अमेरिकी डलर भेट्टाएको भन्दै सस्तोमा दिने प्रलोभन देखाएका थिए । लामो बार्गेनिङपछि १२ साउनमा पाँचखालको लामीडाँडामा शेर्पालाई बोलाएर १० लाख रुपैयाँ लिएर उनीहरुले रुमालमा बाँधिएको पोको दिएका थिए ।

गत १२ साउनमा १० लाख लुटेपछि उनीहरु फरार थिए । लुटपाटमा संलग्न चारैजना सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का हुन् ।

लुटपाटमा संलग्न आरोपीमध्ये हर्क तामाङलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो । गोविन्द र बुद्धिलाई सिन्धुपाल्चोकको साँगा चोकबाट र श्रीखण्डलाई बनेपाबाट पक्राउ गरिएको  डिएसपी थापाले बताए । 

आरोपीलाई प्रहरीले ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
उक्त गिरोहबाट काठमाडौँ उपत्यकालगायत अन्य जिल्लाहरुमा समेत अनेकौं किसिमका घटना घटाई फरार रहेको प्रारम्भिक रुपमा खुल्न आएको हुँदा यस्ता प्रकृतिका घटनाका पीडितहरुलाई प्रहरी कार्यालयमा सम्पर्क हुने आह्वान समेत गरेको छ । 

केही दिनअघि महानगरीय प्रहरी परिसर भक्तपुरले पनि डलर साट्ने बहानामा लुट्ने बाह्रबिसेका दुईवटा समूहलाई पक्राउ गरेको थियो । 

यही गिरोहले अन्य व्यक्तिलाई पनि ठगेको हुनसक्ने प्रहरी आशंका छ । त्यसैले यस प्रकारका घटना कसैसँग भएको भए, खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्