१३ असार २०८३, शनिबार

ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना

ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना

ताप्लेजुङको फक्तालुङ्ग गाउँपालिका ७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरु सहितको टोलीले बिओपीको स्थापना गरेको एपीएफले जनाएको छ । 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गुल्म ताप्लेजुङ मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठरी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाही हरुमा परिचालित एपीएफका प्रवक्ता राजु अर्यालले बताए ।

सीमानाका भन्दा १२ किलोमिटर वर कञ्चनजङ्गा संरक्षण परिषद्को दुईवटा दुईतले घरमा स्थापना गरिएको   बीओपीले बुधबारदेखि दैनिक कार्य सुचारु गरेको छ । 
सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोबस्तीका सामानसहित सो गुल्मबाट त्यसतर्फ खटिएको उक्त टोली यही असोज १८ गते बेलुका त्यस ठाउँमा पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्