गायक नारायण रायमाझीको स्वरमा रहेको ‘नमुछे आमा दहीमा टीका..’ बोलको दशैं गीत पुनः रेकर्डिङ भएको छ ।
गायक रायमाझी र नेपाल आइडलबाट चर्चामा आएकी नवगायिका रचना रिमालको स्वरमा भिडियो बाहिर आएको छ ।
स्व. लक्ष्मण रायमाझीको शब्द रहेको गीतमा पहिला पनि नारायण रायमाझी ले नै स्वर दिएका थिए ।
गत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको गीत ६ दिनमै ११ लाखभन्दा बढीले हेरिसकेका छन् ।
नेपाल आइडलकै प्रवीण बेडुवाल र रचना रिमालको स्वरमा रायमाझीले स्व. राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले’ भन्ने गीत पनि पुनः रेकर्डिङ गरेका थिए ।
सेप्टेम्बर १३ मा अपलोड गरिएको सो गीत पनि ४६ लाखभन्दा बढीले हेरिसकेका छन् ।
हेर्नुहोस्, भिडियो :