
दाङ, ९ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र संघीयताविरुद्ध बोल्दै नहिड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।
शनिबार दाङ घोराहीमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रले वक्तव्य निकालेर गल्ती गरेको बताए । उनले दरबार हत्याकाण्डको छानविन गर्न उच्चस्तरीय आयोग गठनको तयारी भइरहेको बताए ।
ज्ञानेन्द्रले वक्तव्यमार्फत दलहरुको विवादमा खेल्न खोजेको आरोप लगाए । यसरी पूर्वराजा बोल्दै हिड्ने हो भने उनले दुख पाउने प्रचण्डको भनाइ थियो । फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले लोकमानसिंहलाई अदातमा कालोमोसो दल्नु नराम्रो कार्य भएको बताए ।