२४ जेठ २०८३, आइतबार

काठमाडौंमा उपचारररत सप्तरीका एक कोरोना सक्रमितको मृत्यु

काठमाडौंमा उपचारररत सप्तरीका एक कोरोना सक्रमितको मृत्यु

कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए ।  
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उनको काठमाडौंमा कोरोना पोजिटिभ देखिएको रुपनी–१ का सन्तोष यादवले जानकारी दिए ।

 काठमाडौंँ मेडिकल कलेजमा ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन्  । यससँगै सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २० जना पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्