×

NMB BANK
NIC ASIA

वैकल्पिक सिकाइ : कतै उत्साह, कतै निराशा

असोज २४, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

‘चाहना भए बहानाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् ।

Muktinath Bank

मुलुकको विविधतायुक्त भौगोलिक स्थिति, सबै स्थानमा सूचना तथा सञ्चार प्रविधिको पहुँच नपुगेको र सबै शिक्षकमा अनलाइन प्रणालीमा दक्ष नभएको अवथाबाट अघि बढ्दै आफ्नो क्षेत्रमा सम्भव हुने विकल्प अपनाएर शिक्षक र विद्यार्थीको अन्तक्र्रिया सञ्चालन भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणना गराउने गरी नयाँ ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरी आकस्मिक कार्ययोजना ल्याएपछि सिकाइ निरन्तरता गराउनु विद्यालयको दायित्व नै बनेको छ ।


Advertisment
Nabil box
Kumari

‘वैकल्पिक सिकाइ प्रणालीमा विद्यालय तहका अनुभव र अबको बाटो’ विषयक शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज आयोजना गरेको भर्चुअल बहसमा विश्व निकेतन मावि, काठमाडौंका प्रधानाध्यक हेरम्बराज कँडेलले गत वैशाखदेखि नै कुनै न कुनै रुपमा अनलाइन प्रविधिको माध्यमबाट पढाइ शुरू गरी हाल पहिलो त्रैमासिकको परीक्षा सञ्चालन गरिसकेको बताए । शिक्षक विद्यार्थीमा अनलाइनको पहुँच र डिजिटल सामग्री पर्याप्त नभए पनि माथिल्लो कक्षामा ९० प्रतिशतसम्म विद्यार्थीको सहभागिता रहेको जनाउँदै उनले शिक्षकलाई मासिक रिचार्ज खर्च दिएर फोनबाटै गृहकार्य दिने र जाँच गर्ने गरिएको अनुभव सुनाए ।

Vianet communication
Laxmi Bank

ललितपुरको हरिसिद्धि माविमा भने स्थिति अलि फरक छ । त्यहाँका प्रधानाध्यापक आशा महर्जनले आफ्ना अधिकांश विद्यार्थी प्रायः अभिभावकबिहीन रहेकाले उनीहरुको इन्टरनेट, टेलिभिजन, मोबाइल र ल्यापटपको सुविधाबाट वञ्चित भए पनि एउटै इन्टरनेटबाट पनि धेरै जनालाई पढाउन थालिएको र स्थानीय तहको समन्वयमा दशैंपछि वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको बताइन् । काठमाडौंको पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारीले जुम प्रविधिबाट शिक्षकबीच निरन्तर बैठक गरेर वैकल्पिक माध्यमलाई प्रभावकारी बनाइएको बताउँदै पहिलो त्रैमासिकको परीक्षा सञ्चालनको स्थितिमा पुगिएको सुनाइन् ।

लमजुङको भारतीसदन माविका प्रधानाध्यापक ज्ञानबहादुर कार्कीले विद्यालय क्षेत्रमा बिजुली नभएकाले अनलाइन कक्षा सञ्चालन गर्न सम्भव नभएकाले गत जेठको पहिला हप्ता शिक्षकलाई दरदैलोमा पठाएर गृहकार्य दिने काम शुरू गरिएको जनाए । ‘शिक्षकहरू निदाएर बस्नु हुँदैन भनेर हामी समय र परिस्थितिअनुसार रुपान्तरित भएका छौं । विद्यालयका सूचना प्रविधिका तालिम सञ्चालन गरेर बचेको समय बितायौं । शिक्षकलाई घरघरमा पठायौं तर पनि यस वर्षको सिकाइ उपलब्धि पहिलाको जस्तो हासिल हुने स्थिति छैन,’ उनले भने ।

निर्देशिकाले अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन माध्यमको वैकल्पिक प्रणालीको सिकाइ हुँदै आएकामा यसैलाई निरन्तरता दिइएपछि यो प्रणाली शिक्षाको मूलधारमा नीतिगतरुपमा समाहित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका कार्यान्वयन र वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि असोज ६ गते ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना’ सार्वजनिक गरेको थियो । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई ‘होम स्कुलिङ’को अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धनजस्ता मौलिक विधि अपनाएर सिकाइमा सहजीकरण गर्न तत्काल गर्नुपर्ने कामका कार्ययोजनामा उल्लेख छ ।

युनेस्को काठमाडौंका कार्यक्रम अधिकृत आगत अवस्थीले एक सर्वेक्षणमा ५७ प्रतिशत अनलाइन पहुँचमा रहेको, ३३ प्रतिशतको टेलिभिजनमा पहुँच, १८ प्रतिशतसँग रेडियोको पहुँच, १२ प्रतिशतले अफलाइन र १२ प्रतिशतले अध्ययन सामग्रीबाट पढिरहेको पाइएको बताए । अध्ययनले एकै विद्यार्थीसँग एकभन्दा बढी माध्यमको पहुँच पनि हुनसक्ने अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार सुदूरपश्चिम र बाग्मती प्रदेशमा धेरै बालबालिकाको सिकाइमा अवरोध देखिएको छ । उनले ३ तहका सरकारबीच तथा प्रशासनिक कार्यालय र विद्यालयबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले अहिलेको स्थितिमा आफ्ना प्रयासबाट विद्यार्थीको सिकाइलाई प्राथमिकता दिनु शिक्षकको धर्म भएको बताउँदै निर्देशिकाले वैकल्पिक प्रणालीलाई शैक्षिकसत्रको मान्यता दिएकाले कमजोर आर्थिक स्थितिका अभिभावक र विद्यार्थीलाई ध्यान दिनुपर्ने जनाए । गौतमले अनलाइनको पहुँचलाई बढाएर बढी लगानी भएका नमूना सामुदायिक विद्यालयले अरु विद्यालयलाई प्रोत्साहित गर्न सक्नुपर्नेमा जोड दिए ।

सुर्खेतको भेरीगङ्गा नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख धीरेन्द्रप्रसाद शर्माले कर्णाली प्रदेशमा १० प्रतिशत बालबालिकामा मात्रै सूचना र सञ्चार प्रविधिको पहुँच रहेको स्थितिमा वैकल्पिक सिकाइ प्रणालीलाई प्रभावकारी बनाउँदै पहुँच नभएका विद्यार्थीलाई फरक ढंगले सम्बोधन गर्न चुनौती खडा भएको बताए ।

शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले विषम स्थितिमा पनि विद्यार्थी सिकाइको अधिकारबाट बञ्चित हुन नहुने भएकाले वैकल्पिक प्रणालीमा भएका असल अभ्यासलाई देशभर फैलाउन आग्रह गरे । उनले हुने र नहुनेबीचको खाडललाई क्रमशः अन्त्य गर्न ३ तहका सरकारबीचको समन्वय बढ्नुपर्ने र शिक्षामा देखिएको चुनौतीलाई सम्बन्धित पक्षले शिक्षालाई रुपान्तरण गर्ने अवसरका रुपमा लिन आग्रह गरे ।

सामाजिक अध्ययनका पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले वैकल्पिक सिकाइलाई मूलधार मानिएको स्थितिमा यसको प्रभावकारिताबारे थप अध्ययन गर्न सुझाव दिनुभयो भने सुर्खेतको विमलज्योति माविमा १२ कक्षामा अध्ययनरत विद्यार्थी पुनम पुनले बन्दाबन्दीमा आफूहरुमा मानसिक तनाव सिर्जना भएको जनाउँदै हातमुख जोर्ने समस्या हुने परिवारका विद्यार्थीले अनलाइनमा पहुँच प्राप्त गर्न नसकेको जनाए । – प्रकाश सिलवाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x