१० साउन २०८३, आइतबार

५० करोडको जग्गा किर्ते गर्ने केवल प्रताव पक्राउ

५० करोडको जग्गा किर्ते गर्ने केवल प्रताव पक्राउ

पचास करोडको १५ कठ्ठा जग्गा किर्ते गर्ने ललितपुरका महानगरपालिका–१३ कुसुन्तीका केबल प्रताप जबरालाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । 

पर्सा वीरगञ्जन महानगरपालिका–५ मा रहेको कमलादेवी राजभण्डारीको कित्ता नम्बर ३, ७१, १४३ र १७६ को जग्गा किर्ते कागज गरि २०७६ फागुन १९ गते  मुकेश राजभण्डारी भन्ने नाममा जग्गा पास गरि अर्कैलाई बेच्नको लागि ५० हजार बैना लिएको पाइएको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले जनाएको छ ।

‘२०७६ फागुनमा मुकेश राजभण्डारीको नाममा किर्ते कागज बनाई नामसारी गरेको अनुसन्धानमा देखिएको छ,’ सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकूल थापाले भने’‘खासका मुकेश राजभण्डारी भन्ने अभियुक्त केवल प्रताब जवरा भएको पाइयो ।’

अभिुक्त जवराले मालपोतका कर्मचारीलाई समेत आफ्नो हातमा लिएर जग्गा आफ्नो हातमा पारेको देखिएको छ ।

आफ्नो जग्गा अर्कैको नाममा गएपछि राजीव राजभण्डारीले सीआईबीमा उजुरी दिएपछि निजलाई असोज २५ गते सीआईबीले पक्राउ गरेको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय पर्सा पठाइएको सीआईबीले जनाएको छ ।

मनदेवी यादव विच २ बिघा जग्गाको विषयलाई लिएर विवाद भएको देखिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्