०४ असार २०८३, बिहीबार

कोरिया पुगेका ११ विद्यार्थीमा कोरोना

असोज २७, २०७७
कोरिया पुगेका ११ विद्यार्थीमा कोरोना

शनिबार दक्षिण कोरिया आएका ११ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले जनाएको छ । राजधानी सोल नजिकैको गोयाङ सहरमा कोरियाली भाषा अध्ययनका लागि आएका ४३ जना नेपाली विद्यार्थीमध्ये ११ जनामा संक्रमण देखिएको हो ।

कोरिया प्रवेश गर्नुअघि इन्छन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा एक जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएको थियो । त्यसैका आधारमा सँगै आएका अन्यको पनि परीक्षण गर्दा संक्रमण देखिएको हो ।

नेपालबाट आउँदा कोरोना नलागेको रिपोर्ट भए पनि यति धेरै विद्यार्थीमा संक्रमण देखिएकाले आफूहरू छक्क परेको गोयाङ नगरपालिकाले विज्ञप्तिमार्फत जनाएको छ । आन्सानको अस्पतालमा संक्रमित बिरामीको उपचार भइरहेको छ ।

एक महिनाअघि दक्षिण कोरियाली सरकारले बाह्य मुलुकबाट संक्रमित भएर आए आफैंले अस्पताल खर्च बेहोर्नुपर्ने नियम बनाएको छ । नयाँ नियमअनुसार संक्रमित सबै नेपालीले महँगो अस्पताल खर्च बेहोनुपर्ने भएको छ ।

दक्षिण कोरियामा यसअघि ८ जना नेपाली कोरोना संक्रमित भएका थिए । यसमध्ये दुई जना रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका हुन् भने अन्य विभिन्न भिसामा रहेका नेपाली छन् । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्