१७ असार २०८३, बुधबार

घोषणापत्र बेचेर निर्वाचन खर्च

कात्तिक २०, २०७४
घोषणापत्र बेचेर निर्वाचन खर्च
काठमाडौं, २७ वैशाख-स्थानीय तहको पहिलो चरणको निर्वाचन हुन पाँच दिन बाँकी छ । निर्वाचनमा आफ्नो पक्षमा मत माग्न उम्मेदवार तथा समर्थकहरू घरदैलो कार्यक्रममा व्यस्त छन् । पार्टीका उम्मेदवारहरू कार्यकर्ता र समर्थकसँगै तामझामका साथ कार्यक्रम गरिरहेका छन् । यसरी गरिने तामझामका लागि उनीहरूको स्रोत के होला ? सबैलाई चासो हुन सक्छ ।

दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) तत्कालीन नेकपा–माओवादी पनि स्थानीय तहको निर्वाचनमा भाग लिँदै छ । स्थानीय तहको निर्वाचनका लागि दल दर्ता नगरेको क्रान्तिकारी माओवादी आफ्नो चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा स्वतन्त्र रूपमा उम्मेदवार खडा गरेर निर्वाचनमा होमिएको हो ।

यसरी निर्वाचनमा होमिएका मोर्चाका उम्मेदवारहरूको प्रचारप्रसारका लागि खर्चको एउटा स्रोत भनेको आफ्नो घोषणापत्र बिक्री नै हो । मोर्चाले प्रकाशन गरेको घोषणापत्रको मूल्य १० रुपैयाँ राखिएको छ । यही घोषणापत्रको बिक्रीलाई मोर्चाले निर्वाचन प्रचारको स्रोतका रूपमा लिएको जनाएको छ ।

मोर्चाका केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुरेलका अनुसार निर्वाचनका लागि आर्थिक जोहो गर्न पारदर्शी उपाय अपनाइएको हो, राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्