१० साउन २०८३, आइतबार

कर्णाली विवादमा मुछिएका नेताहरूलाई ओली प्रचण्डले काठमाडौँ बोलाए

कर्णाली विवादमा मुछिएका नेताहरूलाई ओली प्रचण्डले काठमाडौँ बोलाए

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ‘छापामार’ शैलीमा गत आइतवार अविश्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिको तत्कालीन व्यवस्थापन भएको छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरूलाई मन्त्री दिने भनिएपछि समस्याको तत्कालीन हल भएको हो ।

यससँगै विवादमा मुछिएका नेताहरूलाई केन्द्रका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले काठमाडौँ झिकाउने भएका छन् ।

मंगलवार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच यसविषयमा छलफल भएको थियो ।

छलफलमा अस्थीरता निम्त्याउने गरी कर्णालीमा भइरहेको राजनीतिक घटनाक्रमका बारेमा थप बुझ्न मुख्यमन्त्री शाही, यमलाल कँडेल, चन्द्रबहादुर शाही, पूर्व सचेतक गुलाबजंग शाहलाई दुई दिन भित्र काठमाडौँ झिकाउने सहमति बनेको हो ।

‘अध्यक्षद्वयले मलगायत अन्य केही नेताहरूलाई २ दिनभित्र काठमाडौँ बोलाउनु भएको छ,’ गुलाबजंग शाहले लोकान्तरसँग भने ।

शाहलाई मुख्यमन्त्री शाहीले प्रमुख सचेतकबाट निलम्बन गरिसकेका छन् । ‘मुख्यमन्त्री शाहीको स्वेच्छाचारिता, निरङ्कुश शैलीका बारेमा हामीले अध्यक्षद्वयसँगै छलफल गर्छौं,’ शाहले भने ।  

salt training

कमेन्ट गर्नुहोस्