०२ साउन २०८३, शनिबार

नेकपा सांसद सानु सिवा पहाडीको निधन

नेकपा सांसद सानु सिवा पहाडीको निधन

प्रतिनिधि सभा सदस्य सानु सिवा पहाडीको निधन भएको छ । 

मिर्गौला रोगबाट ग्रसित पहाडीको बुधवार निधन भएको नेकपा पार्टी कार्यालयले जनाएको छ । 

सांस्कृतिक अभियानमा सक्रिय पहाडी नेकपाको तर्फबाट समानुपातिक सांसद थिइन् । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सिवाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी  सानु सिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ ओलीले ट्वीटमा लेखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्