०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल हेरफेर, अर्थमन्त्रीमा विष्णु पौडेल

ईश्वर पोखरेल रक्षाबाट प्रधानमन्त्रीको कार्यालयमा तानिए, पार्वत गुरुङ सञ्चारमा
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल हेरफेर, अर्थमन्त्रीमा विष्णु पौडेल

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

राष्ट्रपति कार्यालयले बुधवार विज्ञप्ति जारी प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिहरूको नियुक्ति, जिम्मेवारी हेरफेर गरी मन्तिपरिषद् गठन गरेको उल्लेख गरेको हो ।

यसक्रममा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् भने रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।

महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।

मन्त्रिपरिषद् हेरफेरका विषयमा बिहान नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

हेर्नुहोस्, राष्ट्रपति कार्यालयको विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्