३१ असार २०८३, बुधबार

मन्त्रालयको विज्ञप्तिको स्वागत, केवल टेलिभिजन व्यवसायीले उठाएको माग सम्बोधन गर्न आग्रह

मन्त्रालयको विज्ञप्तिको स्वागत, केवल टेलिभिजन व्यवसायीले उठाएको माग सम्बोधन गर्न आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबार प्रकाशित गरेको प्रेस विज्ञप्तिको मिडिया एलाइन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघ आनले स्वागत गरेको छ।

। विज्ञापन (नियमन गर्ने) ऐन २०७६ मै डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरू २०७७ साल कार्तिक ७ गते (एक वर्ष) भित्र विज्ञापनरहित हुनुपर्ने प्रावधान रहेको र कुनैपनि वहानामा ऐन कार्यान्वयनमा ढिलाई गर्न नहुने पक्षमा आफूहरु रहेको उनीहरुको भनाइ छ ।

‘हामीले मिति २०७७÷६÷१८ मा जारी संयुक्त वक्तव्यमा उल्लेख भएको विज्ञापन ऐन राष्ट्र, राष्ट्रियता र सँस्कृतिको जगेर्नाका साथै नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुंगा हुने भएकोले तत्काल प्रभावकारी कार्यान्वयन गर्न पुनः माग गर्दछा’, विज्ञप्तिमा भनिएको छ,‘ऐनको कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक भएकाले व्यवसायीक व्यक्तिहरुको संलग्नतामा विज्ञापन बोर्डको गठन गर्न ढिलाइ नगर्न माग गर्दछौ ।’
साथै नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले उठाएका मागको तत्काल सम्बोधन गर्न समेत सरकारसँग जोडदार माग गरिएको छ ।

 


 

salt training

कमेन्ट गर्नुहोस्