२३ जेठ २०८३, शनिबार

क्वारेन्टिनबाट भागेका व्यक्तिमा देखियो कोरोना, गाउँमा त्रास

असोज २८, २०७७
क्वारेन्टिनबाट भागेका व्यक्तिमा देखियो कोरोना,  गाउँमा त्रास

शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकीको क्वारेन्टिनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन् ।

छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टिन राखिएका मध्ये १२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । सङ्क्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ ।
शनिबार १६ जनाको स्वाब सङ्कलन गरी मङ्गलबार परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण देखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्