२४ जेठ २०८३, आइतबार

थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि, काठमाडौंमा थपिए १ हजार ९३५ संक्रमित

थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि, काठमाडौंमा थपिए १ हजार ९३५ संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५९८ आरटी–पीसीआर परीक्षण गर्दा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले राजधानी काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका जानकारी दिए । जसमध्ये काठमाडौं जिल्लामा १ हजार ६९२, ललितपुर जिल्लामा १०८ र भक्तपुर जिल्लामा १३४ संक्रमित थपिएका हुन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको प्रवक्ता गौतमले बताए । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्