२९ जेठ २०८३, शुक्रबार

लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले सम्हाले कार्यभार

असोज २९, २०७७
लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले सम्हाले कार्यभार

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सानु राजा शाक्य नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्ले उनलाई ४ वर्षका लागि सदस्य सचिव नियुक्त गरेको हो । 

नवनियुक्त सदस्य सचिव शाक्यले बुधवार लुम्बिनीमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सदस्य सचिव शाक्यले लुम्बिनी गुरुयोजना समयमै सक्ने, लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफूले योजनाबद्ध काम गर्ने र त्यसको लागि सबैको सहयोग र सहकार्य जरुरी रहेको बताए ।

शाक्यको स्वागतमा कोषले राखेको स्वागत कार्यक्रममा कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न र लुम्बिनीको गरिमा अझै प्रभावकारी गराउन सदस्य सचिवको नियुक्तिले विशेष भूमिका खेल्ने बताए ।

सो अवसरमा कायममुकायम सदस्य सचिव ज्ञानिन राईले विगत ३ वर्षदेखि कहिले निमित्त त कहिले कामुले लुम्बिनीको सदस्य सचिवको जिम्मेवारी सम्हाल्दा कतिपय कामहरू प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको अवस्थामा सरकारले गरेको निर्णयले आफूहरूलाई उत्साहित बनाएको बताए ।

करीब ३ वर्षअघि तत्कालीन सदस्य सचिव अजितमान तामाङको कार्यकाल सकिएपछि लुम्बिनी विकास कोषमा विष्णुप्रसाद ढकालले केही समय सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए । काठमाडौं महानगरपालिका–२१ निवासी नवनियुक्त शाक्य युवा बौद्ध समूहमा रहेर काम गरेका छन् ।

उनले बौद्ध अध्ययन र समसामयिक वस्तुस्थितिमा विभिन्न लेखहरू प्रकाशन गर्दै आएका छन् । उनीसँग विगतमा लुम्बिनीमै बसेर काम गरेको अनुभव पनि छ ।

salt training

कमेन्ट गर्नुहोस्