०६ असार २०८३, शनिबार

भाउजुको शव भेटिएपछि देवरविरुद्ध कर्तव्य ज्यान मुद्दा

असोज २९, २०७७
भाउजुको शव भेटिएपछि देवरविरुद्ध कर्तव्य ज्यान मुद्दा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा भाउजु हत्याको अभियोगमा पक्राउ परेका २६ वर्षीय देवर मानसिंह खुनालाई कर्तव्य ज्यानमा मुद्दा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

अभियुक्त खुनाले स्थानीय गौडी खोलाको डिलमा भाउजु ३५ वर्षीया कलावतीदेवी खुनाको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘अभियुक्त देवरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएर १० दिन म्याद थप गरेका छौं,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘घरायसी विवादले हत्या गरेको देखिन्छ ।’

गत मंगलवार खोलामा माछा मार्न गएकी खुना घर नफर्केपछि स्थानीय र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला पारेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्