
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा केही वृद्धि भएको छ ।
शुक्रवार छापावाल सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा शुक्रवार सुनको मूल्यमा ४ सय रुपैयाँको वृद्धि भएको हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।