
कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्यामा संलग्नको आशंकामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति मोटरसाइकल गस्तीमा गएका असई विकको आज विहान कैलालीको मानेहना नदीमा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो र अनुसन्धानका क्रममा शंका लागेपछि ११ जनालाई नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए ।
‘हामीले घटनामा संलग्न भएको आशंकामा ११ जनालाई पक्राउ गरेका हौं । अहिले अनुसन्धान भइरहेको छ,’ डीआईजी सुवेदीले लोकान्तरसँग भने ।
डीआईजी सुवेदीका अनुसार गएराति तस्कर समूहसँग मुठभेड भएको र उनीहरुले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उनीसँगै गएका अर्का प्रहरी जवान रामबहादुर साउद अहिलेसम्म सम्पर्क विहिन छन् ।