२२ असार २०८३, सोमबार

कांग्रेस सांसदलाई देउवाको निर्देशन– 'दशैं भत्ता कोभिड कोषमा जम्मा गर्नू'

कात्तिक ३, २०७७
कांग्रेस सांसदलाई देउवाको निर्देशन– 'दशैं भत्ता कोभिड कोषमा जम्मा गर्नू'
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं‌ संसदीय दलका नेता शेरबहादुर देउवाले दशैं भत्ताबापत आएको रकम फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

सभापति देउवाले पार्टीका सबै सांसदको खातामा आएको दशैं भत्ताबापतको रकम कोभिड- १९ उपचार कोषमा जम्मा गर्न निर्देशन दिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले लोकान्तरलाई जानकारी दिए ।

'दशैं भत्ताबापत आएको रकम कोभिड- १९ उपचार कोषमा जम्मा गर्न सभापतिले पार्टीका सबै सांसदलाई निर्देश दिनुभएको छ,' मुख्य सचिव पौडेलले भने ।

कोरोना महामारीमा नागरिकहरूलाई हातमुख जोर्न समस्या परिरहेका बेला सांसदहरूले गत वर्षकै निर्णयका आधारमा दशैं भत्ता बुझेको समाचार लोकान्तर डट्कमले सबैभन्दा पहिले प्रकाशितगरेको थियो ।

महामारीका कारण देश नै आर्थिक संकटमा रहेका बेला संसदहरूले दशैं भत्ता बुझेकोप्रति चौतर्फी आलोचना भइरहेको छ ।

यसबीचमा केही सांसदहरूले व्यक्तिगत रूपमा नै दशैं भत्ता फिर्ता गर्ने घोषणा गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्