२८ जेठ २०८३, बिहीबार

लोकान्तर खोज नतिजा– संस्थागत रूपमै दशैं भत्ता फिर्ता गर्ने तयारीमा नेकपा

कात्तिक ३, २०७७
लोकान्तर खोज नतिजा– संस्थागत रूपमै दशैं भत्ता फिर्ता गर्ने तयारीमा नेकपा

सत्तारुढ नेकपा संसदीय दलले संस्थागत निर्णय गरेरै सांसदहरूको दशैं भत्ता फिर्ताको तयारी गरेको छ ।

राष्ट्रिय सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले संस्थागत रूपमै निर्णय गरेर भत्ता फिर्ताको तयारी भइरहेको लोकान्तरलाई जानकारी दिए ।

सांसदहरूले दशैं भत्ता बुझेकोबारे शुक्रवार लोकान्तर डट्कममा पहिलोपटक समाचार प्रकाशित भएपछि आइतवार केही सांसदले भत्ता फिर्ता गरिसकेका छन् । 


आजै भत्ता फिर्ताको निर्णय हुने भट्टराईले बताए ।

नेपाली कांग्रेसका सभाापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न सांसदलाई निर्देशन दिइसकेका छन् । 

प्रतिपक्षी दल जनता समाजवादी पार्टीका सांसदहरूले पनि भत्ता फिर्ताबारे छलफल शुरू गरेका छन् ।


salt training

कमेन्ट गर्नुहोस्