×

NMB BANK
NIC ASIA

सम्पादकीय

माननीयज्यूहरू, नैतिकता छ भने दशैं भत्ता फिर्ता गर्नुस्

कात्तिक २, २०७७

NTC
Premier Steels

कोरोना महामारीको समयमा सांसदहरूलाई दशैं भत्ता दिएको समाचार पहिलोपटक शुक्रवार लोकान्तर डटकमबाट खुलासा भएपछि सांसदलाई दशैं भत्ता बाँडिएको विषय अहिले चौतर्फी बहसको विषय बनेको छ ।

Muktinath Bank

कोरोना महामारीका कारण जनता भोकभोकै सडकमा भौंतारिएको समयमा सांसदहरूले दशैं भत्ता लिएको भन्दै सर्वसाधारणको आक्रोश छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७७/०७८ को बजेटबाटै सरकारले सबै प्रकारका भत्ता कटौती गरेको हो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले संसद्मा पेश गरेको बजेटमा उल्लेख थियो–


Advertisment
Nabil box
Kumari

‘कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका राष्ट्र सेवकबाहेक अरूलाई प्रदान हुने प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै प्रकारका अन्य भत्ता २०७७ साउन १ गतेदेखि खारेज गरेको छु ।’

Vianet communication

यसका बावजुद पनि मन्त्रिपरिषद्को गत वर्षको निर्णयलाई आधार मानेर सांसदलाई चाडबाड खर्च उपलब्ध गराइएको संघीय संसद सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

राज्य कोषबाट तलब भत्ता खाने विषय कानूनअनुसार मात्र हुन्छ, त्यसैमाथि नीति नियम बनाउनेहरूले मन्त्रिपरिषद्बाट निर्णय गराएर भत्ता लिनु अनैतिक हो ।

गत वर्षको निर्णयमा टेकेर अहिले पनि भत्ता बाँड्नुलाई सुशासनविद्हरूले आर्थिक अपराधको संज्ञा दिएका छन् ।

केन्द्रको सिको गर्दै प्रदेश सभाहरूले पनि सांसदलाई चाडबाड खर्च उपलब्ध गराएका छन् । यसले महामारीको समयमा राज्यकोषमाथि भार बढाएको छ ।

अघिल्लो वर्षको निर्णयका आधारमा अहिले भत्ता खानु अनैतिक त हुँदै हो, गत वर्षको सामान्य अवस्थामा गरिएको निर्णयलाई यो महामारीकालमा लागू गर्न खोज्नु त झनै आपत्तिपूर्ण हो ।

संसद् सचिवालयले दिएपनि लिने सांसदहरूको पनि नैतिकताको प्रश्न जोडिन्छ । यस मानेमा नेकपाका प्रवक्ता एवं राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठ अपवाद बनेका छन् । उनले कोरोना महामारी अन्त्य भएको घोषणा नहुञ्जेल संसदबाट पारिश्रमिक र भत्ता नलिने घोषणा गरेका छन् । 

ढिलै भएपनि स्थायी कमिटी सदस्य भीम रावलले पनि दशैं भत्ता फिर्ता गर्ने बताएका छन् । तर अन्य केही सांसदले ‘खातामा नहेरेको’ भन्दै दशैं भत्तालाई जायज मानिरहेका छन् । 

कोरोना महामारीकालमा पनि उनीहरूले मात्र १५ दिनको तलब राज्य कोषमा हालेर झण्डै साढे ७ महिनाको तलब र भत्ता लिइसकेका छन् । सरकारले यसवर्ष दशैं, तिहार लगायतका चाडबाड भव्यता साथ नमनाउन आग्रह गरिसकेको समयमा सांसदलाई दिइएको चाडबाड खर्चको औचित्यमाथि नै प्रश्न उब्जेको छ ।

अर्को कुरा हाम्रा सांसदहरूको आर्थिक हैसियत त्यति नाजुक छैन, दशैं मनाउन राज्यले खर्च बेहोरिदिनु परोस् । यसर्थ जनताबाट चौतर्फी विरोध भएपछि संसद् सचिवालयले दशैं भत्ता फिर्ताको औपचारिक घोषणा गर्न ढिलो गर्नु हुन्न । दशैं भत्ता फिर्ता गर्दा नै ‘माननीय’हरूको मर्यादा बढ्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x