मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडाैं | बैशाख १९, २०८१
राष्ट्रिय राजनीतिको ध्यान केन्द्रित भएको इलामा क्षेत्र नं. २ को उपचुनावको मत परिणाम मंगलबार बिहान सार्वजनिक भयो । नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतले पराजित गरेका छन् । सुहाङले उम्मेदवार बनेदेखि ‘वंशवाद’, पहिचानविरोधी, आलोकाँचो, पार्टीमा योगदान नभएको जस्ता अनेकन आरोप खेपिरहे ।
आरोप त स्वभाविक थियो, निधन भएका आफ्ना पिताका रिक्त स्थानमा सुहाङ उम्मेदवारी बनेका थिए । पार्टीले सुहाङको उम्मेदवारी घोषणा गरेपछि इलामको आन्तरिक पार्टीभित्र एउट पंक्ति सन्तुष्ट थिएन । आन्तरिक असन्तुष्टिलाई पार्टीले समाधान गरेपछि इलामा पार्टी एक भयो । जसका कारण सुहाङले फराकिलो मतान्तरका साथ विजय हासिल प्राप्त गरे ।
उता सुदूरपश्चिम बझाङ–१ (१)मा दमनबहादुर भण्डारी विजयी भए । यो परिणामबाट एमालेले पूर्व र सुदूरपश्चिमबाट एकैपटक राष्ट्रिय शक्ति बलियो बन्दै गएको सन्देश प्रवाह गर्न सफल भएको छ ।
एमालेमा सुहाङ सबैभन्दा कान्छा सांसदको रूपमा संसद् भवन पस्ने छन् । संविधान सभाका अध्यक्ष आफ्ना पिताको पदचापमा सुहाङको संसद् भवन प्रवेशले धेरै सन्देश दिनेछ । धेरैले बुवाको बिँडो, बुवाको सपना पूरा गर्ने सकारात्मक टिप्पणीहरू पनि गरेका छन् । यद्यपि विरोधीहरूले उनलाई ‘राजतन्त्र’कै संज्ञा दिएर बुवापछि छोरा भन्ने भाष्य निर्माण गरिदिएको सत्य सतहमै छ ।
सुहाङको राजनीतिक ‘नर्सरी’को इतिहास अखिल ईकाई, युवा संघ, सम्पर्क समिति सदस्य, युथ फोर्स, टायर बाल्ने, रत्नपार्कको रातो घरबाट ढुंगा हान्ने, हरियो कम्ब्याटमा तारा भएको क्याप लगाएर स्वयंसेवक बनेको छैन । स्वर्गीय सुवास नेम्वाङले नेपाली राजनीति, समाजलाई दिएको योगदानको आलोकमा सुहाङ आएको पक्कै हो ।
कुनै पनि क्षेत्रबाट जितिसकेपछि जनताको काम गर्नुपर्छ । भूगोल थाहा हुनुपर्छ । विकास गर्नुपर्छ भन्ने आममानसको जिज्ञासा हुनु स्वभाविक हो । यद्यपि सुहाङको योग्यता, उनमा देखिएको युवा जोश, आफ्नो विषयप्रतिको पोख्तताले उनलाई राजनीतिक रूपमा पनि परिपक्व बनाउँदै जानेछ ।
संघर्षबाट खारिएर आएका नेता/कार्यकर्ता र सुहाङमा व्यावहारिक पक्षको केही भिन्नता आउन सक्छ । तथापि पार्टी पद्धति, सांगठनिक संरचनामा बाँधिएर काम गर्दा सुहाङले सहजै लय समाउने सक्ने क्षमता छ । जुन परिपक्वता उनले निर्वाचन अवधिभर इलाममा प्रकट गरे ।
एमाले पार्टी पंक्तिमा युवा पुस्ताको लस्कर लामो छ । कतिपय अवस्थामा पुरानाले पाएनन् भन्ने देखिन्छ । तर, कतिपय अवस्थामा युवा पुस्तालाई अघि बढाउन जिम्मेवारी दिनुपर्छ भन्ने बहस पार्टीमा जबर्जस्त छ । पार्टीले युवा पुस्तालाई राजनीतिमा आकर्षित गर्नका लागि पनि तमाम सुहाङहरूलाई यसरी नै अघि बढाउनु पर्छ । तर, कतिपय अवस्थामा पात्र चयनमा व्यक्ति, निकटता हेरेर गरिने व्यवहारले भने पार्टी आलोचनाबाट मुक्त हुन सकेको छैन ।
सुहाङको विजयले पक्कै पनि पार्टी पंक्तिलाई उत्साहित बनाएको छ । पहिलो, स्वर्गीय सुवास नेम्वाङप्रति उच्च सम्मान दिएको छ । दोस्रो, कोशी प्रदेश घोषणापछि कोशीमा एमाले सकियो भन्ने भाष्यलाई पूरै फिका बनाइदिएको छ । तेस्रो, निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि मिसन–८४ को परीक्षणमा एमाले उत्तीर्ण भएको छ । चौथो, सत्ता समीकरणमा रहेको नेकपा (माओवादी केन्द्र)ले वाम तालमेल चाहेको छ । माओवादीको भोट इमान्दारिताका साथ ‘ट्रान्सफर’ भएको छ । पाँचौ, २०७४ मा जनताले जसरी वाम तालमेलाई स्वीकारेका थिए, जनतामा त्यो मोह भंग भएको छैन भन्ने सन्देश चुनावले दिएको छ ।
इलामको मत परिणाम घोषणापछि नेकपा (एमाले) महासचिव शंकर पोखरेलले भनेका छन्, ‘उप चुनावको परिणामले नयाँ राजनीतिक ध्रुवीकरण हुने संकेत गरको छ ।’ सत्ता समीकरणलगत्तै भएको उपचुनावमा एमालेले दुई स्थानमै जीत हाँसिल गरेको छ, जसमा महत्त्वका साथ हेरिएको इलाम– २ मा माओवादीको समेत समर्थन एमालेलाई थियो । सत्ता समीकरणसँगै वाम ध्रुवीकरणमा एमाले र माओवादीको रसायन मिल्न सक्छ भन्ने आशय महासचिव पोखरेलको छ ।
२५ वर्षपछि कम्युनिस्ट पार्टीको भविष्यवाणी
नेपाल कम्युनिस्ट पार्टी ७५ वर्ष पुगेको अवसरमा नेकपा (एमाले)ले हीरक महोत्सव मनायो । २५, ५०, ७५ पछि १०० वर्षको विशेष महत्त्व हुन्छ । सोहीबमोजिम एमालेले ७५ वर्षलाई हीरक वर्षका रूपमा मनायो । पुराना दल र नयाँ दलको भाष्य निर्माण भइरहेको बेला एमालेले अब २५ वर्ष के परिकल्पना गरेको छ त ? यसको समीक्षा अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।
छिन्नभिन्न कम्युनिस्ट आन्दोलनको ७५ वर्षे इतिहास । नेकपा मूलधार फूट भएको एक दर्जन इतिहास होला, तर साना टुटफुटको हिसाब नागबेली झारजस्तो हाँगाबिँगा छन् । कम्युनिस्ट पार्टी कतिपटक फुट्यो, त्यसको संख्या गनिसाध्ये छैन । हीरक महोत्सवमा अध्यक्ष ओलीले नेपाल कम्युनिस्ट पार्टी आगामी २५ वर्षमा १ सय वर्ष पुग्ने उल्लेख गर्दै भविष्यवाणी समेत गरेका छन् ।
‘आजको यस विशेष दिनमा ७५ वर्ष पूरा भएको अवसरमा भन्न चाहन्छु, आगामी २५ वर्षमा हामी एक सय वर्ष पुग्छौं । सय वर्ष पुग्दा नेपालमा गरिबी भन्ने चिज कुनै नरहने मात्रै होइन, समृद्ध नेपाल हुनेछ, सुखी नेपाली हुनेछ । त्यो बनाउनका लागि नेकपा (एमाले)ले अगुवाइ गर्छ’, ओलीले वैशाख १० गते गोदवारीको सनराइस हलमा भनेका थिए ।
आगामी २५ वर्षमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको १ सय वर्ष पुग्छ । एक शताब्दीको त्यो पार्टी के अहिलेकै रूपमा रहला ? यसको अनुमान धेरै टाढा हो । यद्यपि तेस्रो पुस्ताले त्यसको भविष्य देख्न र नेतृत्व कसरी गर्ला भन्ने एउटा कल्पना हुनु स्वभाविक हो । ओलीले आग्रह गर्दै भनेका थिए– ‘साझा अभियान र साझा सङ्कल्प बनाऔं– समृद्ध नेपाल सुखी नेपाली । सबै त्यस उद्देश्य प्राप्तिका लागि अगाडि बढौं, म आग्रह गर्न चाहन्छु ।’
चुनावी परिणाम, युवाहरूका लागि अवसरलगायत अनेकन विषय एउटा पक्ष हो । तर, २५ वर्षपछि कम्युनिस्ट पार्टीको ढाँचा, उसले लिने नीति, कार्यकक्रम, कार्यदिशा र त्यसको नेतृत्वका लागि अहिलेदेखि नै ‘नर्सरी’मा राम्रो बिउ लगाउनु जरुरी छ ।
जनआधारित कार्यकर्ताको पार्टी निर्माणका लागि कम्तीमा प्रतिनिधि छनौट, अधिवेशन र नेतृत्व चयनका सवालमा समेत पार्टी सही ढंगले निर्णयमा पुगेमा पक्कै पनि २५ वर्षपछि तेस्रो पुस्ताले कम्युनिस्ट पार्टीको गौरवमय इतिहासको समीक्षा गर्ने छन् ।
अध्यक्ष ओलीले भनेजस्तै २५ वर्षपछिको कम्युनिस्ट पार्टी र समृद्धिको नेतृत्व गर्नका लागि एक होइन, सयौं सुहाङलाई क्षेत्रगत, विषयगत र दक्षताका आधारमा जिम्मेवारी दिन पार्टीले कन्जुस्याइँ गर्नुहुँदैन ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अमेरिकाका प्रेस सेक्रेटरी सीन स्पाइसरलाई केही दिनअघि नियमित पत्रकार सम्मेलनमा सोधियो, ‘डीप स्टेट भन्ने कुराको अस्तित्व छ ?’ उनले प्रस्टसँग छ कि छैनमा उत्तर दिएनन् तर यसको अस्तित्वलाई नकार्न नसकिने बताए । डोनाल्ड...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...
गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...