
देशभरि इन्टरनेट सेवामा समस्या देखिएको छ । बिहीवार अपराह्न करिब ४ बजेदेखि पौने ६ बजेसम्म पनि इन्टरनेट सेवामा समस्या देखिएको हो ।
प्रमुख इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक, भायानेट, सुविसुलगायतका सेवामा समस्या देखिएको गुनासो सामाजिक सञ्जालहरूमा आउन थालेको छ ।
इन्टरनेट सेवा प्रदायकहरूले यस विषयमा आफू पनि जानकार नरहेको बताएका छन् ।
लोकान्तरसँग कुरा गर्दै एक सेवा प्रदायकका प्रतिनिधिले भारतबाट नै आयात बन्द भएको हुनसक्ने आशंका व्यक्त गरे ।
'हामीले समस्याको पहिचान गर्दैछौं,' उनले भने, 'भारतबाट आयात हुने इन्टरनेटमा समस्या भएको प्रारम्भिक रूपमा देखिएको छ ।'