२८ जेठ २०८३, बिहीबार

लोकान्तर खोज नतिजा : कांग्रेसले फिर्ता गर्‍यो ४३ लाख [विज्ञप्तिसहित]

कात्तिक ३, २०७७
लोकान्तर खोज नतिजा : कांग्रेसले फिर्ता गर्‍यो ४३ लाख [विज्ञप्तिसहित]

नेपाली कांग्रेसले दशैं भत्ताबापत आफ्ना सांसदको खातामा आएको ४३ लाख २० हजार ८१० रुपैयाँ कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलका मुख्य सचेकत बालकृष्ण खाणले सोमवार एक विज्ञप्ति प्रकाशित गरी दशैं भत्ता कोरोना उपचार कोषमा राख्ने निर्णय भएको जानकारी गराएका हुन् ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा आमनेपाली जनता रोग, भोक र अभाव, पीडा र कठिनाइ व्यहोरिरहेको समयमा जनप्रतिनिधिलाई दशैं भत्ता बाँड्ने निर्णय समय सान्दर्भिक र उचित नभएकाले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले भत्ता फिर्ता गर्ने निर्णय गरेको खाणले विज्ञप्तिमा जनाएका छन् ।

सांसदहरूले दशैं भत्ता बुझेकोबारे शुक्रवार लोकान्तर डटकममा पहिलो पटक समाचार प्रकाशित भएपछि आइतवार केही सांसदले भत्ता फिर्ता गरिसकेका छन् ।

सत्तारुढ नेकपा संसदीय दल पनि संस्थागत निर्णय गरेर सांसदहरूले दशैं भत्ता फिर्ताको तयारी गरेको छ । राष्ट्रिय सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले संस्थागत रुपमै निर्णय गरेर भत्ता फिर्ताको तयारी भइरहेको लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्