×

NMB BANK
NIC ASIA

कोरोना उपचारको शुल्क लिने निर्णयको स्वास्थ्यमन्त्रीले गरे बचाउ, विषयान्तर गर्ने प्रयास !

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको परीक्षण तथा उपचारमा शुल्क लिने निर्णयको बचाउ गरेका छन् ।

Muktinath Bank

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा भिडियो सन्देश जारी गर्दै मन्त्री ढकालले आफ्नै खर्चबाट परीक्षण तथा उपचार गर्न चाहने र सक्ने व्यक्तिका लागि सशुल्क सेवा लिन सक्ने व्यवस्था गरिएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद्को असोज १९ को निर्णयलाई उद्धृत गर्दै उनले विपन्न, अशक्त, एकल महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अग्रपंक्तिमा खटिने जोखिम वर्गका व्यक्तिहरूको परीक्षण र उपचार नि:शुल्क गरिने बताए ।


Advertisment
Nabil box
Kumari

'आर्थिकरूपले विपन्न, अशक्त, असहाय एकल महिला, अपांगता भएका व्यक्ति, अग्रपंक्तिमा खटिने र जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण देखिएमा नि:शुल्क परीक्षण र उपचार गर्ने निर्णय गरिएको छ,' उनले भने ।

Vianet communication
Laxmi Bank

यसअघि सरकारले कोरोना परीक्षण र उपचार नि:शुल्क गर्दै आएकोमा त्यसलाई कटौती गरिएको कुरालाई मन्त्री ढकालले विषयान्तर गर्ने गरी प्रस्तुत गरेका हुन् ।

यसअघि सबैको नि:शुल्क परीक्षण हुँदै आएकोमा अब यी-यी वर्गको मात्र नि:शुल्क उपचार गरिने छ भन्नुपर्नेमा मन्त्री ढकालले पहिले शुल्क लिइँदै आएकोमा अब नलिने व्यवस्था भएको भन्ने अर्थ लाग्ने भाषा प्रयोग गरेका थिए ।

यो वर्गमा नपरेका व्यक्तिको हकमा भने अस्पतालले सिफारिश गरेमा वा उपचार गर्न नसक्ने स्वघोषणा गरेमा मात्र सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने मन्त्री ढकालले बताए ।

यसका लागि अन्य कुनै निकायको सिफारिश आवश्यक नपर्ने उनको भनाइ थियो ।

कोरोना संक्रमितको परीक्षण र उपचारमा शुल्क लिने सरकारी निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

सत्तारुढ दल नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालले समेत उक्त निर्णय फिर्ता लिन माग गरिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x