०८ असार २०८३, सोमबार

गाउँपालिकाले बाँड्यो हावाहुरी पीडितलाई चामल राहत

कात्तिक ५, २०७७
गाउँपालिकाले बाँड्यो हावाहुरी पीडितलाई चामल राहत
प्रतिकात्मक तस्वीर

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले हावाहुरी पीडितलाई राहत वितरण गरेको छ ।

हावाहुरीले मकैबाली नष्ट भएपछि भोकमरीको समस्यामा परेका वडा नम्बर १ सुम्लिखा, खम्बुखा र सावा पाङखाङका १७० परिवारलाई चामल वितरण गरिएको हो । 

गाउँपालिकाले प्रत्येक परिवारलाई ५० किलोका दरले चामल वितरण गरेको जनाएको छ । सो क्षेत्रमा मुख्यरूपमा मकै खेती हुने गरेको छ । फल लाग्ने बेलामा आएको हावाहुरीले सम्पूर्ण मकैबाली नष्ट भएको थियो ।

पीडितका लागि गाउँपालिकाले ५ लाख लागतमा २४४ बोरा चामल खरिद गरेर ल्याएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्