
इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले इटहरीको एक पोलिक्लिनिकमा तालाबन्दी गरेको छ ।
यहाँको ‘विराट पाथिभरा अस्पताल’ को वोर्ड राखेर सञ्चालन गरेको पोलिक्लिनिकमा अनुगमन टोलीलिे तालाबन्दी गरेको हो ।
उपभोक्ता हित संरक्षण समिति संयोजक समेत रहेकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनको क्रममा कोशी पाथीभरा पोलिक्लिनिकमा तालाबन्दी गरिएको हो ।
दर्ता नगरी गैह्र कानूनी तरिकाले अस्पतालको रुपमा सञ्चालन गरेको पाइएकाले तालाबन्दी गरिएको उपमेयर गौतमले जानकारी दिइन् ।
उक्त पोलिक्लिनिकबाट म्याद गुज्रिएका औषधिहरू पनि बरामद गरिएको उनले बताइन् ।
टोलीले इटहरी मेडिकल हल, शैलुङ मेडिकल हल, पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्रालि, कलस फार्मेसीलगायतमा अनुगमन गरेको थियो ।
केही फार्मेसी तथा मेडिकलमा औषधि व्यवस्था विभागमा दर्ता नगरिएका खाद्यपूरक समाग्री बेच्न राखिएको पाइएको उपमेयर गौतमले जानकारी दिए ।
उनीहरूलाई स्पष्टिकरण सोधिएको छ । उपमहानगरको सक्रियतामा एक सातादेखि बजार अनुगमन तीव्र पारिएको छ ।