२० असार २०८३, शनिबार

प्रचण्डको सचिवालयले भन्यो – ‘रअ’ प्रमुखसँग भेटेको समाचार झूट

कात्तिक ६, २०७७
प्रचण्डको सचिवालयले भन्यो – ‘रअ’ प्रमुखसँग भेटेको समाचार झूट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखसँग भेट गरेको भन्ने समाचार उनको सचिवालयले खण्डन गरेको छ । 

प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले ‘रअ’ प्रमुखसँग कुनै भेटघाट नभएको स्पष्ट गरेका हुन् ।

भारतीय गुप्तचर संस्थाका प्रमुख गोयल बुधवार काठमाडौं आएका थिए । 

सापकोटाले संवेदनशील विषयमा झूट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्