२६ जेठ २०८३, मंगलबार

एक्सन फिल्म गर्दै पुष्प खड्का

कात्तिक ६, २०७७
एक्सन फिल्म गर्दै पुष्प खड्का

आफ्नै रफ्तारमा चलचित्र अभिनयमा भिडिरहेका अभिनेता पुष्प खड्काले छिट्टै एक्सन जनराको चलचित्रमा काम गर्ने भएका छन् ।

एकपछि अर्को हिट चलचित्र दिएर दर्शकको रोजाइका हिरो बनेका पुष्पले यस विषयलाई पुष्टि गरेका छन् ।

चलचित्र ‘चालबाज’को छायांकन सकेपछि पुष्पले कुनै चलचित्र साइन गरेका थिएनन् । तर केही हप्ताअघि मात्रै उनले दशैंलगत्तै छायांकनमा जान लागेको चलचित्र ‘कृष्ण लीला’ साइन गरे । चलचित्रमा उनले दिपिका प्रसाइँसँग काम गर्दैछन् ।

दिपिकाले चलचित्रलगत्तै होम प्रोडक्सनबाट निर्माण हुने चलचित्र ‘तिमीसँगै हुने मन छ’मा काम गर्नेछिन् । 

‘कृष्ण लीला’को काम सकिएपछि पुष्पले एक्सन चलचित्रको काममा थाल्नेछन् । यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् । चलचित्रको सम्पूर्ण दृश्य विदेशमा छायांकन गरिने छ ।

ग्याङस्टार कथामा आधारित चलचित्रमा काम गर्न पाउँदा पुष्प निकै खुशी देखिएका छन् । पुष्प भन्छन्, ‘यो चलचित्रका लागि ५–६ महिना एक्सनको टे«निङ समेत लिनेछु । त्यसपछि मात्रै छायांकनमा जान्छु । एक्सन चलचित्र काम गर्ने ठूलो रहर थियो । अब पूरा भएको छ ।’

लभ स्टोरी जनराका चलचित्रमा काम गरिरहेका पुष्पले एक्सन जनराको चलचित्रमा कत्तिको न्याय गर्न सक्छन् ? त्यसका लागि समय नै कुर्नुपर्ला ।

salt training

कमेन्ट गर्नुहोस्