३१ असार २०८३, बुधबार

प्रधानमन्त्रीको दशैं शुभकामनामा लिम्पियाधुराको चुच्चो हराएपछि कांग्रेस प्रवक्ताको कटाक्ष

कात्तिक ७, २०७७
प्रधानमन्त्रीको दशैं शुभकामनामा लिम्पियाधुराको चुच्चो हराएपछि कांग्रेस प्रवक्ताको कटाक्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुभकामना दिन बनाइएको शुभकामना कार्डमा लिम्पियाधुरारहित पुरानै नक्सा प्रयोग भएको पाइएको छ । ओलीले नमस्कार गरेको तस्वीरसहित बडा दशैं २०७७ को मंगलमय शुभकामना लेखिएको कार्डमा नेपालको निशान छापमा रहेको नक्सा पुरानै देखिएको छ । 

भारतले अतिक्रमण गरेको नेपालको भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेको थियो । नयाँ नक्सा सहितको निशान छाप संविधानको अनुसूचीमा मिलाउन संसदबाट संविधान संशोधन प्रस्ताव पारित गरिएको थियो । 

प्रधानमन्त्रीको शुभकामना कार्डमा पुरानै नक्सा सहितको निशान छाप प्रयोग भएको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीर विमति जनाएका छन् ।

शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै उनले लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि मान्न नसकिने बताएका हुन् । 

‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्रीज्यू ? गम्भीर विमति दर्ज होस् ! देशको संसद्ले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?’ शर्माले ट्विटरमार्फत प्रश्न गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्