काठमाडौं, २८ वैशाख– निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आज (बिहीबार)देखि मतदाता परिचय पत्र वितरण सुरु गरेको छ ।
आयोगले मतदान केन्द्रमै मतदाता परिचय पत्र वितरणको व्यवस्था छ । मतदाता परिचय पत्र लिन प्रत्येक मतदाताले आ–आफ्नो मतदान केन्द्रसम्म पुग्नु पर्नेछ ।
आयोगले मतदाता परिचय पत्र वितरणसँगै मतदाताहरुलाई मतदाता शिक्षा समेत प्रदान गर्ने जनाएको छ ।