२५ असार २०८३, बिहीबार

पूर्व प्रधानमन्त्री डा . भट्टराई र हिसिलालाई कोरोना संक्रमण

कात्तिक ८, २०७७
पूर्व प्रधानमन्त्री डा . भट्टराई र हिसिलालाई कोरोना संक्रमण

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण  भएको छ । 

डा. भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना संक्रमण पुष्टी भएको जनाएका छन् । 

शुक्रवार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको डा. भट्टराईले लेखेका छन् । 

भट्टराई केही दिन पहिले तराईका जिल्लामा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । भीडभाड गरेकाे भन्दै आलोचना भएको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्