२१ असार २०८३, आइतबार

प्रधानमन्त्री ओलीले ग्रहण गरे सिकाली देवता खलकको प्रसाद

कात्तिक ९, २०७७
प्रधानमन्त्री ओलीले ग्रहण गरे सिकाली देवता खलकको प्रसाद
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आज सिकाली जात्राकोे प्रसाद हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए ।

आज बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए ।

स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातबाट प्रसाद भने ग्रहण गरे ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरका जिल्ल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, खोकनावासीका तर्फबाट स्थानीय स्वयम्भुराज डङ्गोल, ललितपुर महानगरपालिका २१ का सदस्य ज्ञानभक्त डङ्गोललगायत सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्