
गत साल जस्तो सेलिब्रेटीहरूले यसपाली धुमधामसँग दशैं मनाउन पाएनन् । कोभिड १९ का कारण घरभित्रै बसेर पारिवारिक रूपमा मात्र दशैं माने ।
दशैंमा टिका, फूलपाती र आशिर्वाद लेनदेन गरेको फोटो फेसबुकमा राख्दै नायक दीपकराज गिरीले लेखेका छन्, ‘आशिर्वाद-२०७७ ! ४० जनाको परिवार योपल्ट परिस्थितिले ५ जनाको बनायो । संख्या कम भयो होला आशिर्वाद कम भएन ।’
त्यस्तै नायिका तथा फिल्म निर्देशक दीपाश्री निरौलाले पनि परिवारसँग टीका, जमरा र आशिर्वाद ग्रहण गर्दै गरेको तस्वीर फेसबुकमा पोस्ट गरिन् ।
तस्वीरमा हेर्नुहोस् दीपक-दीपाको दशैं -







