२१ असार २०८३, आइतबार

नेकपालाई कोरोनाको डर, चाडपर्व लक्षित चियापन नहुने

कात्तिक ११, २०७७
नेकपालाई कोरोनाको डर, चाडपर्व लक्षित चियापन नहुने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादशैं,  तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलवार विज्ञप्ति जारी गरी कोभिड–१९ महामारीका कारण यस वर्ष चियापान कार्यक्रम स्थगन गरिएको जानकारी दिए ।

विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्