माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ ।
विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ । विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण शुरु हुन सकेको थिएन ।
पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनःनिर्माण शुरु गर्न रु १० करोड बजेट विनियोजन गरेको छ । मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि रु ७० करोड बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए। बहुवर्षीय योजनाअन्तर्गत आव २०७८÷२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनःनिर्माण सक्ने लक्ष्य कोषले लिएको छ ।
पुनःनिर्माणका लागि ठेक्काको प्रक्रिया शुरु भइसकेको कोषका निर्देशक भरत मरासिनीले बताए । यो महिनामै ठेक्का गर्न लागिएको उनले जानकारी दिए। विभागबाट स्वीकृति प्राप्त भए पनि लागत पूर्वानुमानको पुनःसमीक्षा भने जारी रहेको कोषले जनाएको छ ।
हनुमानढोकाको लायकू बहाल क्षेत्रमा बेवारिसे रहेको मूर्तिलाई जङ्गबहादुर राणाले आफ्नो शासनकालमा पशुपति क्षेत्रको मृगस्थलीमा स्थापना गरेको इतिहास छ । प्रतिमाशास्त्रका पुस्तकहरुमा विश्वरूपको वर्णन गर्दा ब्रह्मा, विष्णु र महेश्वरलगायत सबै देवता समाहित भएको उल्लेख गरिएको छ । धेरै बाहु, शिर, पाउ भएको विश्वरूप व्यापक र जन्म मृत्युको कारण भएको ती ग्रन्थमा उल्लेख छ । पुराणहरुमा शिव, विष्णु र ब्रह्मालगायत अरु देवीदेवताको पनि विशिष्ट र व्यापक स्वरूपलाई विश्वरूप भनी उल्लेख गरिएको छ ।
विष्णुको विश्वरूप स्वरूप लिच्छविकालदेखि नै नेपालमा प्रसिद्ध रहेको थियो । चाँगुनारायणमा विष्णुको विश्वरूप मूर्ति छ । गीतामा वर्णन गरिएअनुसार महाभारत युद्धमा कृष्णले अर्जुनलाई देखाएको स्वरूपकै आकार चाँगुमा रहेको कोषले प्रकाशन गरेको ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त)’ नामक ग्रन्थमा उल्लेख छ । चाँगु र मृगस्थली क्षेत्रमा रहेको विश्वरूप मन्दिरका बीच मेल नरहेको ग्रन्थमा उल्लेख गरिएको छ । यहाँको मन्दिरमा विश्वरूप र विश्वरूपा एवं कामेश्वर र कामेश्वरी आलिङ्गन गरिरहेको मुद्राको मूर्ति छ ।
मूर्तिमा शिव र शक्ति दुवैका धेरै हात एवं टाउको देखाइएका छन् । हातमा विभिन्न थरीका हतियार देखाइएको छ । मूर्तिको अघि श्रीयन्त्र राखिएको छ । श्रीयन्त्रमै पूजा आराधना हुने गरेको छ । प्रत्येक अष्टमीका दिन विश्वरूपाको विशेष पूजा गर्नुपर्ने विधान रहेको छ । बाह्र फिट अग्लो धातुका पाता जोडिएको विश्वरूपको मूर्ति छ ।
अर्को मतानुसार बौद्ध धर्मसँग सम्बन्धित सम्बर देवताको मूर्ति विश्वरूप मन्दिरमा राखिएको भन्ने भनाइ पनि छ । यसैले विश्वरूप मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको समान आस्थाको केन्द्रका रुपमा रहेको छ ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...