२८ जेठ २०८३, बिहीबार

पुलवामा आक्रमण पाकिस्तानकै योजनामा भएको मन्त्रीको खुलासा

कात्तिक १४, २०७७
पुलवामा आक्रमण पाकिस्तानकै योजनामा भएको मन्त्रीको खुलासा

पाकिस्तान सरकारका मन्त्री फवाद चौधरीले पुलवामा आक्रमण पाकिस्तानकै योजनामा बनेको भनी स्वीकार गरेपछि भारतीय जनता पार्टीले कांग्रेस तथा अन्य विपक्षी दलहरूमाथि आक्रमणको मौका पाएको छ ।

आमनिर्वाचन आउनुभन्दा ठीक अघि जम्मु कश्मीरको पुलवामामा गरिएको आक्रमण चु​नाव जित्नका लागि भाजपाले गराएको भनी विपक्षी दलहरूले प्रोपागान्डा गरेका थिए । 

तर चौधरीको स्वीकारोक्तिले कांग्रेस तथा यसका नेताहरूलाई नंग्याएको भाजपाले दाबी गरेको छ । 

भाजपाका राष्ट्रिय प्रवक्ता सम्बित पात्राले भने, ‘संसारभरिको आतंकवादको जरो पाकिस्तानमा छ । तर राहुल गान्धी र कांग्रेस पार्टीमा उनका सहयोगीहरूले पुलवामा आक्रमण नरेन्द्र मोदी र इमरान खानबीचको म्याच फिक्सिङ भएको बताउँदै आएका थिए ।’

बिहीवार पाकिस्तानको केन्द्रीय सरकारका मन्त्री फवाद चौधरीले संसदमा बोल्ने क्रममा पुलवामा आक्रमण प्रधानमन्त्री इमरान खानको नेतृत्वमा हासिल भएको राम्रो उपलब्धि भनी व्याख्या गरेका थिए । 'हामीले भारतभित्र पसेर आक्रमण ग-यौं,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्